नियम २१
मुद्दा दोहो¥याउनेसम्बन्धी कार्यविधि
(१) न्याय प्रशासन ऐन, २०४८ को दफा १२ बमोजिम कुनै मुद्दा दोहो¥याउन उपयुक्त छ भन्ने लागेमा त्यस्तो मुद्दामा पुनरावेदन दायर गर्न वा वहस पैरवी गर्न तोकिएको सरकारी वकीलले पुनरावेदन अदातलबाट फैसला वा अन्तिम आदेश भएको मितिले दश दिनभित्र मुद्दा दोहो¥याउने सम्बन्धी निवेदनको मसौदा तयार गरी महान्यायाधिवक्ता समक्ष पठाउनु पर्नेछ ।
(२) कुनै अदालत, निकाय वा अधिकारीबाट भएको आदेश वा अन्तरकालीन आदेश उपर न्याय प्रशासन ऐन, २०४८ को दफा १६ बमोजिम पुनरावेदन सुन्ने अदालत वा सर्वोच्च अदालतमा निवेदन दिन उपयुक्त लागेमा त्यस्तो मुद्दामा पुनरावेदन दायर गर्न वा वहस पैरवी गर्न तोकिएको सरकारी वकीललाई निवेदन मस्यौदा तयार गर्न लगाई निवेदन गर्ने प्रस्ताव आदेशको जनाउ प्राप्त भएको दश दिनभित्र जिल्लान्यायाधिवक्ताले भए पुनरावेदन सरकारी वकील कार्यालयमा र पुनरावेदन सरकारी वकील कार्यालयका सहन्यायाधिवक्ताले भए महान्यायाधिवक्ता समक्ष पठाउनु पर्छ । पुनरावेदन सरकारी वकील कार्यालयका सहन्यायाधिवक्ता वा महान्यायाधिवक्ताले सो प्रस्ताव प्राप्त भएपछि उपयुक्त सम्झेमा नेपाल सरकारको तर्फबाट सम्बन्धित अदालतमा निवेदन गर्ने वा गर्न लगाउनेछ ।